संक्रमितको संख्याले दिनहुँ रेकर्ड तोड्दै

२४ असोज ७७, आइतबार

काठमाडौँ : कोभिड–१९ संक्रमणले मुलुकमा दिनहुँ रेकर्ड तोड्न थालेको छ । शनिबार कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ । १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना (२५.९२ प्रतिशत) मा संक्रमण देखिएको हो । शुक्रबार संक्रमितको संख्या १ लाख र कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो । यसअघि बिहीबार संक्रमण दर २२.६२ प्रतिशत थियो ।

शनिबारको तथ्यांकअनुसार एक सय जनाको कोभिड परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको छ । दिनहुँ देखिने संक्रमण अत्यधिक भएसँगै कोभिडको कुल संक्रमण दर पनि वृद्धि भइरहेको छ । शनिबार कुल संक्रमण दर ९.०७ प्रतिशत पुगेको छ । बिहीबार उक्त दर ८.७१ प्रतिशत थियो ।

‘कोभिड संक्रमणको हरेक दिन नयाँ रेकर्ड बन्दै छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘कोभिड समुदायमा गइसक्यो । आधिकारिक रूपमा प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षणको प्रतिवेदनलाई पर्खंदै छौं ।’ उपत्यकासहित देशैभर सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ । शनिबार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जना गरी उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोभिड संक्रमण देखिएको छ । यो मुलुकभरि देखिएको संक्रमणको ५३.३५ प्रतिशत हो । यस्तै मुलुकभर कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित रहेकामा काठमाडौं उपत्यकामा मात्रै ५३.३५ प्रतिशत अर्थात् १७ हजार ८ सय ८८ सक्रिय संक्रमित छन् ।

Advertisement

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार शनिबार उपत्यकामा देखिएका कुल संक्रमितमध्ये ४०.९ प्रतिशत महिला छन् । मुलुकमा कोभिड संक्रमित दोब्बर हुने समय करिब एक महिना देखिएकामा हाल यो समयसमेत घट्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले र्‍यापिड एक्सन प्लान बनाउँदा कोभिड संक्रमण मंसिरसम्म १ लाख ८० हजार पुग्न सक्ने अनुमान गरेको थियो ।

‘संक्रमणको गतिअनुसार मंसिरसम्म स्वास्थ्य मन्त्रालयले आकलन गरेको भन्दा बढी संक्रमण देखिने स्थिति आएको छ,’ डा.पाण्डेले भने, ‘परीक्षण बढेर पनि संक्रमण बढी देखिएको हो तर अब झन् बढी परीक्षण गर्नुपर्छ ।’ घरमा एक–दुई जनालाई कोभिड पोजिटिभ देखिए परिवारका सबै सदस्यले आफूलाई समेत संक्रमण भएको ठानेर १५ दिन आइसोलेसनमा बस्नुपर्ने सुझाव उनले दिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

सम्बन्धित समाचार

Scroll to Top