सरकार र डा.केसीबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

२५ असोज, काठमाडौँ ।
सरकार र डा. गोविन्द केसीबीच सहमती भएपछि नेपाल चिकित्सक संघले गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

Advertisement

तर  डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालले बताए । रिजालले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् ।

चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले शनिबार मध्यराती ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डा. केसीले आइतबार बिहान साढे ९ बजेतिर अनशन तोड्ने बताइएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top