२५ आश्विन,काभ्रे ।
धुलिखेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ ।
धुलिखेल–११ डाँडागाउँका उनी ७ दिनदेखि भेन्टिलेटरमा उपचारारत थिए । ५२ वर्षीय ती पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको वडाअध्यक्ष विष्णु धितालले जानकारी दिए । ५ दिनअछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
धितालका अनुसार उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुुसार यसअघि जिल्लामा १३ जनाको मृत्यु भइसकेका छन् ।
४ पुरुष र ४ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।