मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

२५ आश्विन,सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

Scroll to Top