×

NEPAL TIMES UPDATES

Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026

उखुको भुक्तानी नदिँदै मिल बन्द, ४१ करोडको हुटहुटीमा किसान

२५ आश्विन २०७७

२५ असोज, काठमाडौँ ।
केही समययता मथ्थर भएको उखु किसानको समस्या फेरि बल्झिएको छ । वर्षभरि काम गरेको कृषि उपजको उचित मूल्य समयमा नपाएपछि रौतहटका उखु किसानको बिचल्ली भएको छ। नजिकको उखु मिल नै सदासदाका लागि बन्द भएपनि उनीहरु थप तनावमा परेका छन् । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक संघका सचिव सफीन्द्र प्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement
Advertisement

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफुहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफुहरु मारमा परेको गुनासो सचिव यादवले गरे । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफुहरु आशावादी रहेको पनि किसानहरुको भनाई छ । चिनि मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा विक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफुहरु अन्योलमा परेको गुनासो किसानहरुको छ ।

Advertisement
Advertisement

किसानहरुले आर्थिक वर्ष २०७१÷०७२को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५÷०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६÷०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका हजारौं व्यक्ति समस्यामा परेकोले हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरी सूचारु गर्ने वातावरण मिलाईदिन समेत माग गरेका छन् । रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाई छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top