हालान्डको ह्याट्रिकमा नर्वेद्वारा रोमानियामाथि फराकिलो जित दर्ता

२५ असोज ७७, सोमबार

२६ असोज, एजेन्सी । युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक पुरा गरेपछि युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले रोमानियामाथि ४–० को फराकिलो जित आत्मसात गरेको छ ।

घरेलु मैदानमा नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल थपे । २० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गरे ।

ओस्लोमा आइतबार राति भएको खेलमा घरेलु टोली नर्वेले खेलको १३औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । उनले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर मार्टिन ओडगार्डको चलाखीपुर्ण पासमा अफसाइड बिट ट्रयाप गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।

२०१९ देखि राष्ट्रिय टोलीमा रहेका हालान्डले नर्वेबाट ६ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् ।

जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा अष्ट्रियले नर्दन आयरल्यान्डमाथि १–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।

अष्ट्रियको जितमा माइकल ग्रिगोरिसचले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । समान ६ अंक भएपनि हेड टु हेडमा नर्वे दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड १ अंकसहित पुछारमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top