दशैँको मुखमा भारत जानेको लर्को

२५ असोज ७७, सोमबार

धनगढी : दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन। यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि हिजोआज दैनिक सयौं नागरिक मजदुरीका लागि भारत जान बाध्य भएका हुन्।

‘रोजगारी नहुँदा परिवार पाल्नै समस्या भयो। त्यसैले दसैंको मुखमा मजदुरी गर्न मुम्बई जान लागेको हुँ,’ कैलाली गोदावरी नगरपालिका–१० का गोपाल विश्वकर्माले भने, ‘दसैंको मुखमा घरपरिवार छाडेर जान कसैलाई मन होला र ? बालबच्चा भोकभोकै मर्ने भएपछि बिदेसिनुपर्ने बाध्यता बन्यो।’ उनी दुई महिनाअघि मात्रै मुम्बईबाट स्वदेश फर्किएका थिए। आफ्नै ठाउँमा आयस्रोत हुने केही काम वा रोजगारी पाए नेपालमै बस्ने योजना उनले नबनाएका पनि होइनन्। तर सोचेजस्तो केही नभएपछि भारततिरै फर्कनुको विकल्प उनले भेटेनन्।

गोपाललाई जस्तै परिवार खर्च धान्न मुस्किल भएपछि दसैंको मुखमा सुदूरपश्चिमका सयौं नागरिक भारततिर गइरहेका छन्। विगतका वर्षहरूमा भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली दसैंका लागि घर फर्कनेको भीड यतिखेर सुदूरपश्चिममका मुख्य दुई नाका धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकीमा देख्न सकिन्थ्यो। दसैं घरपरिवारसँगै मनाउन पाइने भएकाले फर्कर्नेको मुहारमा बेग्लै उत्साह र उमंग देखिन्थ्यो। उनीहरू स्वदेश प्रवेश गर्दा नाकामा मात्रै होइन, बसपार्कदेखि गाउँघरसम्मै एक किसिमको रौनक छाउँथ्यो। तर यसपालि ठीक विपरीत स्थिति छ। यी नाकामा अहिले उदेक लाग्दो दृश्य देखिन्छ। भारततर्फ लागिरहेकाहरूका मुहारमा निराशा र उदासीपन झल्किएको प्रस्ट देख्न सकिन्छ।, याे खबर नागरिक दैनिकमा छ।

Advertisement
Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top