सर्वोच्चकाे फैसला : कोरोना परीक्षणमा शुल्क नलिनु

२७ असाेज, काठमाडौँ ।

सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा पनि शुल्क नलिन अदालतले सरकारलाई आदेश दिएको हाे ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यसका लागि सरकारी निकायमा शुल्क लिन नपाइने भनी आदेश गरेको हो । अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

Advertisement

हाल सरकारले लक्षण वा चिह्न भएका कोभिड १९ को संक्रमणको शंका भएका र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको मात्र निशुल्क परीक्षण गर्दै आएको छ भने अन्य व्यक्तिसँग शुल्क लिने गरेको छ । तर, सर्वोच्चले लक्षण वा चिह्न भएका व्यक्तिको मात्र परीक्षण गर्छु, अरुको गर्दिन भन्नु संविधानको मौलिक हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को व्यवस्था विपरीत हुने ठहर गरेको छ ।

यस्ता छन् सर्वोच्चका आदेशमा

Advertisement

-कोरोनासँग सम्बन्धित सम्पूर्ण सेवा सरकारी अस्पतालमा नि:शुल्क हुनुपर्ने ।
-लक्षण नभएकाहरुले पनि परीक्षण गर्न चाहेमा दिनुपर्ने ।
-भीसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा नि:शुल्क सेवा उपलब्ध गराउनुपर्ने ।
-निजी अस्पतालले पनि सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाउने ।
-सहरी क्षेत्रमा परीक्षण केन्द्र र जनशक्ति विस्तार गरेर परीक्षणको दायरा बढाउनुपर्ने ।
-भीड व्यवस्थित गरी परीक्षणका क्रममा छिटो छरितो सेवा दिनुपर्ने ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top