चेक रिपब्लिकमा तीन साताको लकडाउन घोषणा

२७ असोज ७७, बुधबार

२८ आश्विन, एजेन्सी ।
चेक रिपब्लिकमा तीन साता लामो लकडाउन घोषणा भएको छ। नोभेम्बर ३ सम्म स्कूल, बार, रेस्टुरेन्ट र क्लबहरू बन्‍द रहनेछन्।

त्यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्नमा पनि रोक लगाइएको छ। युरोपमा कोभिड–१९ को संक्रमण बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको छ। त्यस क्षेत्रका देशहरूमध्ये प्रति एक लाख मानिसमध्ये सर्वाधिक संक्रमित दर चेक रिपब्लिकमा छन्।

त्यहाँका विश्वविद्यालय पनि बन्द रहने र पढाई अनलाइनमार्फत् जारी रहने बताइएको छ। मास्क सार्वजनिक स्थल, यातायातमा अनिवार्य बनाइएको छ। समूहमा ६ जना भन्दा बढी मानिस जमघट हुन पाउँदैनन्।

Advertisement

चेक रिपब्लिकमा मार्चको सुरुवातदेखि १ हजार ५१ जना कोभिड–१९ संक्रमितको मृत्यु भइसकेको छ। युरोपीयन सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार पछिल्लो १४ दिनमा त्यहाँ ५५ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।

युरोपका अन्य देशहरूमा अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या बढ्दो छ। पेरिसको ९० प्रतिशत इन्टेन्सिभ केयर युनिट (आइसियू) अर्को साताको अन्त्यसम्ममा भरिने त्यहाँको सामुदायिक अस्पतालहरूको समूह एपीएचपीका प्रमुख मार्टिन हिर्स्चले बताए।

Advertisement

राष्ट्रपति इमान्युएल म्याक्रोनले बुधवार टिभीमार्फत् गर्ने सम्बोधनमा लकडान घोषणा गर्ने अनुमान गरिएको छ। हटस्पट बनेको पेरिसमा कर्फ्यु नै हुनसक्ने बीबीसीमा उल्लेख गरिएको छ।

यसअघि जर्मन चान्सलर एन्जेला मर्केलले युरोपमा महामारीले गम्भीर अवस्था सिर्जना गरेको बताएकी थिइन्। जर्मनीमा पछिल्लो १४ दिनमा ४२ हजार ३२ जनामा संक्रमण देखिएको छ। जहाँको जनसंख्या चेक रिपब्लिकमाभन्दा ८ गुणा बढी छ।

नेदरल्यान्ड्सले पनि ४ साताको लागि आंशिक लकडाउन घोषणा गरेको छ। बुधवारदेखि त्यहाँका बार, रेस्टुरेन्ट, क्याफे लगायत स्थल बन्द रहनेछ। टेक अवे सेवा भने जारी रहनेछ। मास्कलाई सार्वजनिक स्थलमा अनिवार्य बनाइएको छ। यो दुस्खद निर्णय हो तर हामी अझै कडा प्रस्तुत हुनुपर्नेछ, प्रधानमन्त्री मार्क रुट्टेले बताए।

त्यहाँका विद्यालयहरू भने खुला रहनेछन्। एक सातामै ४४ हजार मानिसमा संक्रमण देखिएपछि नेदरल्यान्ड्समा पनि ७५ प्रतिशत अन्य उपचार सेवा प्रभावित बन्ने चेतावनी दिएका छन्। मंगलवार मात्र त्यहाँ ७ हजार ४ सय संक्रमण पुष्टि भयो।

अस्ट्रियामा पर्यटकका लागि स्कि खुला गर्दा ६ हजार जनामा संक्रमण देखियो। हाल त्यहाँको स्थानीय मेयरको विरोध भइरहेको छ। संक्रमण बढेसँगै इटालीमा शैक्षिक भ्रमणहरू रद्द भएका छन्। पार्कहरूमा फुटबल खेल्न पनि प्रतिबन्ध लगाइएको छ। निजी भोजहरूमा पनि ६ जना मात्र सहभागी हुन पाउनेछन्।

त्यस्तै रसियामा मंगलवार मात्रै १४ हजार जनामा संक्रमण पुष्टि भयो। त्यस्तै २ सय ४४ जनाले ज्यान गुमाए। तर, त्यहाँ हालसम्म लकडाउनको योजना नबनेको बीबीसीमा उल्लेख छ।

Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top