×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

कर्णाली विवाद समाधान बारे ओली-प्रचण्डबीच अढाइ घण्टा छलफल

२८ आश्विन २०७७

२८ असाेज, काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान करिब अढाई घण्टा लामो छलफल भएको छ । बिहान साढे ९ बजेदेखि १२ बजेसम्म भएको छलफल कर्णाली प्रदेशमा पार्टीभित्रको आन्तरिक समस्या समाधानमा केन्द्रीत भएको बालुवाटार स्रोतले जनाएकाे छ ।

Advertisement
Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे छलफलमा कर्णाली प्रदेशमा पार्टीभित्रको आन्तरिक समस्या समाधान, साँगठनिक प्रक्रियाको बाँकी एकताको काम लगायतमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

 कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि देखिएको पार्टीको विवाद व्यवस्थापनमा समेत दुई अध्यक्षबीच छलफल भएको हुनसक्ने सल्लाहकार साकोटाले बताए।

गत मंगलबार अध्यक्षद्वय, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहित भएको छलफलमा पार्टीको कर्णाली प्रदेशका पदाधिकारीलाई छलफलका लागि काठमाडौं बोलाइएको पत्र पठाइएको थियो । सोही पत्रका आधारमा कर्णाली प्रदेशका पदाधिकारी काठमाडौं आउनेक्रम जारी रहेको पार्टी स्राेतले जनाएको छ । त्यसको पूर्व तयारीस्वरुप दुई अध्यक्षबीच आज बिहान छलफल भएको हुनसक्ने दलका नेताहरुको बुझाई छ ।

पार्टी सचिवालय बैठकको कार्यसूचीअनुसार छलफल गर्नुपर्ने र दुई अध्यक्षलाई दिइएको प्रस्ताव बनाउने जिम्मेवारीसमेत हालसम्म पूरा नभएकाले दुई अध्यक्षबीच सो विषयमा समेत नियमित छलफल भइरहेको छ ।

Advertisement

 कर्णाली प्रदेशको पार्टीको आन्तरिक समस्या बल्झेपछि त्यसमा पनि दुई अध्यक्ष व्यस्त हुनुपर्ने भएपछि सचिवालय बैठकको मिति अझै लम्बिने बुझाई नेताहरुको छ ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top