×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

आईपीएल: राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लियो

२९ आश्विन २०७७

२९ असोज, एजेन्सी ।
राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

१ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेको थियो । १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गएको थियो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएको थियो । डेब्यु खेल खेलि रहेका तुषारदेशपान्डेले एक विकेट लिदै ८ रन खर्चिदै रोमाञ्चक जित पक्का गराए ।

Advertisement

राजस्थानलाई ओपनर जस बटलर र बेन स्टोक्सले ३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरको अन्तिम बलमा एनरिच नोर्टजेले बटलरलाई २२ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए । बटलरले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चौथो ओभरको अन्तिम बलमा रविचन्द्रन आश्विनले कप्तान स्टिभ स्मिथलाई एक रनमा आफ्नै बलमा क्याचआउट गरे ।

११ औं ओभरको दोस्रो बलमा डेब्यु खेल खेलेका तुषार देशपान्डेले बेन स्टोक्सलाई वैकल्पिक फिल्डर ललित यादवबाट ४१ रनमा क्याच गराउँदै आफ्नो पहिलो विकेट लिए । स्टोक्सले ३५ बलमा ६ चौका प्रहार गरे । १२ औं ओभरको चौथो बलमा अक्षर पटेलले सन्जु स्यामसनलाई २५ रनमा बोल्ड आउट गरेपछि दिल्ली खेलमा फर्किने संकेत दिएको थियो । स्यामसनले १८ बलमा २ छक्का प्रहार गरे ।

लगत्तै १४ औं ओभरको दोस्रो बलमा रियान पराग एक रनमा रन आउट भएपछि राजस्थान समस्यामा परेको थियो । १८ औं ओभरको तेस्रो बलमा नोर्टजेले रोबिन उथप्पालाई योर्कर बलमा ३२ रनमा बोल्ड आउट गरे । उथप्पाले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटिया १४ रनमा अविजित रहे । कप्तान श्रेयस ऐर पाँचौ ओभरको अन्तिम ओभरमा फिल्डिङ गर्नेक्रममा काँधमा चोट लागेपछि दिल्लीको कप्तानी शिखर धवनले गरेका थिए ।

एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेटले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएके थियो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए ।

दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै ओपनर पृथ्वी शालाई जोफ्रा आर्चरले बोल्ड गर्दै गोल्डेन डकमै पेभिलिएन फर्काएका थिए । आर्चरलेनै तेस्रो ओभरको तेस्रो बलमा अजिंक्या रहाणेलाई रोबिन उथप्पाबाट दुई रनमा क्याच आउट गराएपछि दिल्ली १०–२ को कमजोर अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि ऐर र धवनले ८५ रनको उत्कृष्ट साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए । यी दुई खेलाडीबीचको साझेदारी १२ औं ओभरको चौथो बलमा स्पिनर श्रेयस गोपालले तोड्न सफल भएका थिए । गोपालको बलमा धवन कार्तिक त्यागीबाट क्याच आउट भए । टप एज लागेर थर्डम्यानमा क्याच आउट हुन पुगेका थिए ।

कार्तिक त्यागीको १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ऐर लङ अफमा जोफ्रा आर्चरबाट क्याच आउट हुन पुगे । ऐर र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।

आर्चरको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका मार्कस स्टोइनिस १८ रनमा मिड विकेटमा राहुल टेवाटियाबाट क्याच आउट हुन पुगेका थिए । आर्चरको बाउन्सर बलमा ठूलो सट खेल्न खोजेपनि स्टोइनिस सफल हुन सकेनन् । एलेक्स केरी १४ र अक्षर पटेल ७ रनमा क्याच आउट भए ।

राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर तेस्रो स्थानमा छन् । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ ।

Advertisement

दिल्लीले आफ्नो नवौं खेल आगमी शनिवार चेन्नई सुपर किंग्ससँग शारजाहमा खेल्ने छ भने राजस्थानले आफ्नो नवौं खेल शनिवारनै रोयल च्यलोन्जर्स बेंगलोरसँग खेल्ने छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top