२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन् ।
सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्नेछन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर र तीन मन्त्रीको नयाँ नियुक्ति गरेका थिए।