थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

२८ असोज ७७, बिहीबार

२९ असाेज, बैंकक।
थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा सङ्कटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, “आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ ।” थाईल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

Advertisement

युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा सङ्कटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दावी गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

हजारौं विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्गमा नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औला उठाएर साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतिसमेतको पक्षमा नाराबाजी गरेका थिए ।

Advertisement

प्रदर्शनकारीले नागरिकका अधिकारका लागि बैककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेका छन् भने सरकारले उनीहरूलाई प्रदर्शनका लागि भेला हुन नदिने रणनीतिस्वरूप सङ्कटकालको घोषणा गरेको हो ।रासस / एएफपी

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top