प्रदेश १ का स्थानीय तहलाई १२ करोड बराबरका दमकल र प्रहरी भ्यान हस्तान्तरण

२९ असोज, विराटनगर ।
प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई रु ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान उपलव्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा स्थानीय तहका प्रतिनिधिलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गरेका हुन् । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजनाअन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एक÷एक वटा एकीकृत सेवा केन्द्र स्थापना गर्न उक्त सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए । मन्त्रालयले केही महिनाभित्रै ती सेवा केन्द्रका लागि थप एक÷एक थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको जनाएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सङ्घीयताका कारण सरकारले दुर्गम क्षेत्रका जनताको शान्ति सुरक्षाका लागि कार्य गर्न सफल भएको बताए । उनले कोरोना महामारी जस्तो विपद्को समयममा जनतालाई सेवा सुविधा र उनीहरुका हितका लागि कार्य गर्न दत्तचितका साथ कार्य गरिरहेको धारणा राख्नु हुँदै सङ्घीयताका कारण जनतालाई उनीहरुको अधिकार विनियोजन गर्न सकिएको बताए ।

मुख्यमन्त्री राईले जस्तोसुकै विपद्मा सरकार जनताको साथमा छ भन्ने विश्वास दिलाउनु पर्ने उल्लेख गर्दै प्रदान गरिएका साधन स्रोत जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे । उनले प्रदेश सरकार मानव जीवनको रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले आगजनी जस्ता प्राकृतिक विपद् न्यूनीकरण र सुरक्षामा उपलब्ध साधनले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताका हितमा साधनको सदुपयोग गरी सञ्चालन गर्न आग्रह गर्दै जनताका बस्तीको संरक्षण गर्न र सुरक्षा मजबुद बनाउन एकीकृत सेवा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले एकीकृत सेवा केन्द्र सञ्चालनका क्रममा आवश्यक पर्ने जनशक्ति प्रदेश सरकारले प्रबन्ध गर्ने र व्यवस्थापनका लागि प्रत्येक एकाइलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने जानकारी दिए ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नमूना कार्यविधि तयार पारिरहेको बताए । प्रदेशका १४ मध्ये ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुबाहेकका जिल्लामा रहने गरी दमकल र प्रहरी भ्यान हस्तान्तरण गरिएको हो ।

उदयपुरको रौतामाई, भोजपुरको हतुवागढी, मोरङको कानेपोखरी, इलामको देउमाई, झापाको कमल गाउँपालिका, धनकुटा नगरपालिका, सुनसरीको कोशी गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र पाँचथरको फिदीम नगरपालिकालाई साधन हस्तान्तरण गरिएको हो । एकीकृत सेवा केन्द्र स्थानीय तहको अधिनमा रहने गरी प्रदेश प्रहरीअन्तर्गतको स्थानीय युनिटले परिचालन गर्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top