टुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान

विराटनगर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।
जनकपुर भ्रमण सकेर काठमाडौं आएका उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिएको हो

Advertisement

राजधानीको टुँडीखेलमा आयोजित एक समारोहबीच मोदीलाई नेपाली सेनाको टुकडीले १८ तोपको सलामीसहित गार्ड अनरबाट सम्मान गरेको छ ।
टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन् ।

यसअघि फागुन २१ गते नेपाल आएका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई पहिलो पटक टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइएको थियो । गार्ड अफ अनर पाउने अब्बासी पहिलो विदेशी नेता हुन् ।

Advertisement

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने छन्। होटल द्वारिकाजमै उनले प्रधानमन्त्री ओलीसँग वान–टु–वान वार्ता समेत गर्ने छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top