×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २१ जनाकाे मृत्यु

३० आश्विन २०७७

३० असाेज, काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

यससँगै हालसम्म कुल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १२ हजार ३ सय ३६ रहेको छ भने होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ । आज देशभर ७७ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइराखेको पनि प्रवक्ता गौतमले बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ पीसीआर परीक्षण भएको छ ।

कोभिड १९ को बिरामीको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड १९ पोजेटिभ देखियो वा लक्षणहरु देखियो भने मात्रै क्वारेन्टाइन अथवा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले बताए । यसअघि अधिकांश अस्पतालमा एक साता काम गरेपछि अर्को साता आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top