मानव अधिकार आयोगका अध्यक्षसहितका पदाधिकारीको ६ वर्षे कार्यकाल आजबाट पूरा, जुममार्फत बिदाइ कार्यक्रम

२ कार्तिक, काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीले आजदेखि अवकास पाउँदै छन्।

Advertisement

संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे कार्यकाल पूरा गरेर आयोगका पाँचैजना पदाधिकारीले एकैपटक अवकास पाउन लागेका हुन्। २०७१ साल कात्तिक २ गते आयोगमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा अध्यक्षका रुपमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए।

त्यस्तै आयोगको सदस्यका रुपमा एकै दिन प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेल नियुक्त भएका थिए। वस्ती सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश, पाठक मानव अधिकार आयोगकै पूर्वसदस्य, अन्सारी महिला आयोगकी पूर्वसदस्य र पौडेल वरिष्ठ अधिवक्ताको हैसियतमा आयोगको पदाधिकारी बन्न पुगेका थिए।

Advertisement

आयोगका निर्देशक डा. टिकाराम पोखरेलले पाँचै जना पदाधिकारीको जुम मिटिङमार्फत बिदाइ कार्यक्रम भएको जानकारी दिए। शर्मा नेतृत्व पदाधिकारीहरुले केही दिनअघि मात्रै २८८ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top