दशैँ भत्ता फिर्ता गर्न भीम रावलले लेखे संसद् सचिवालयलाई पत्र

२ कात्तिक, काठमाडाैँ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन्। आइतबार दिउँसो संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

उनले देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैँ भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने बताएका छन् । साथै उनले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताएका छन् ।

Advertisement

उनले पत्रमा लेखेका छन्- ‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोही अनुरुप गर्नुहोला ।’

कोरोनाकालमा पनि सांसदहरुका लागि दशैँ भत्ता छुट्ट्याइएको भन्दै चर्काे जनदबाब बढेपछि धेरै सांसदहरु भत्ता नलिने पक्षमा पुगेका छन् ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top