नेकपाका सांसदहरूको दसैं भत्ता कोरोना कोषमा राखिने

३ असाेज, काठमाडौँ ।

सत्तारुढ नेकपाले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ । दलले सांसदले फिर्ता गरेकाे रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको  नेकपाका नेता सुवास नेम्वाङले जानकारी दिए ।

 नेम्वाङले भने – ‘बिहानदेखि नै दुवै सदनका दलका अधिकारीबीच छलफलमा लागेका थियौं । व्यक्तिगत रूपमा फिर्ता गर्नेभन्दा संस्थागत रुपमा गरिएको हो । कोरोना महामारीको बेला साधारण ढंगले दसैं मनाउँछौं भनेर हामीलाई आएको दसैं भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा राख्ने निर्णय गरेका छौं।’

Advertisement

दलका पदाधिकारीसँग छलफल पछि रकम कोरोना कोषमा राख्ने निर्णय भएको नेकपा राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले बताए ।नेकपा स्रोतका अनुसार मन्त्रीहरुले पनि दसैं भत्ता फिर्ता गर्ने तयारी गरेका छन् ।

कोरोना महामारीले देश आक्रान्त भएका बेला सांसदहरुलाई भत्ता दिइएको भन्दै व्यापक विरोध भएको छ। यसअघि नेपाली कांग्रेसले पनि  आफ्ना सांसदहरुकाे दशैँ भत्ता बापतकाे रकम पनि काेराेना काेषमा राख्ने  निर्णय गरेकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top