बम विस्फोटको आरोपमा युवती पक्राउ

२९ बैशाख ७५, आइतबार

बनियानी, झापा, ३० वैशाख ः झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ । यता नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको बिहान समान्य असर परेको थियो । बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् ।

उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । सानो गोलो आकारको कालो र¬ङको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइसकिएको प्रहरी कार्यालयले जनाएको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top