×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

नेपालको चीनबीचका सम्झौता कार्यान्वयनको समय आएको छः प्रधानमन्त्री ओली

४ कार्तिक २०७७

४ कात्तिक, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् ।

Advertisement
Advertisement

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल रुपमा आज आयोजित पहिलो बैठकको सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको स्मरण गरे । बैठकमा प्रधानमन्त्रीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताउँदै परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी दिनमा अझ विस्तार हुने जनाए । उनले आफ्नो नेतृत्वको वर्तमान नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सरकार स्थायित्व र विकासका साथै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउन लागिपरेको पनि उल्लेख गरे ।

“शान्तिपूर्ण सहअस्तित्वलगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ ”, प्रधानमन्त्री ओलीले भने, “चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिनाले चीन नेपालको विश्वासिलो र भरपर्दो साझेदार बनेको छ ।”

Advertisement

सम्मेलनमा राष्ट्रपति भण्डारीले पठाएको सन्देश पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो ।रासस

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top