अफगानिस्तानमा बम विस्फोट हुँदा पाँचको मृत्यु, नौ घाइते

४ कात्तिक ७७, मंगलबार
Share this
764shares

४ कात्तिक, एजेन्सी।

Advertisement

बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ ।

“सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top