आज दसैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै

५ कात्तिक, काठमाडौं ।

नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ।

स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ।

Advertisement

स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ ।आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ। यस वर्ष काेराेना महामारीका कारण शक्तिपीठहरु नखाेल्न सरकारले आग्रह गरेपनि अधिकांश मन्दिर र शक्तिपीठहरुमा भक्तजनकाे भिड लाग्ने गरेकाे छ ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top