मानव तस्करमा परेका २४ जनालाई उद्धार

५ कात्तिक ७७, बिहीबार

६ कात्तिक, काठमाडौँ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाई दिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजीकैको उत्तर प्रदेशस्थित गाँजियावादबाट उद्धार गरी ल्याएको हो ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा ती बालबालिकालाई दिल्ली महिला आयोग र प्रहरीको सहयोगमा उद्धार गरी बालगृह संरक्षणमा राखिएको भन्ने जानकारी पाउनेबित्तिकै मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको गत असोज १८ गते बैठक बसी तत्काल उद्धार गर्ने निर्णय गरिएको थियो ।

Advertisement

परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा उद्धार गरी सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्गलबार परिवारमा पुनर्मिलन गराइएको हो ।

ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट व्यहोरिनेसमेत विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निरन्तर सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top