×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

ई–पासपोर्टको जिम्मा फ्रान्सेली कम्पनीलाई दिइँदै

६ कार्तिक २०७७

काठमाडौँ : तेस्रो पटकको प्रयासपछि २० लाख विद्युतीय राहदानी (ई–पासपोर्ट) को छपाइको ठेक्का फ्रान्सेली कम्पनीले पाउने भएको छ ।

राहदानी विभागले बुधबार फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का दिने आशयको सूचना जारी गरेको छ । बुधबारको सटही दरअनुसार यो रकम २ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ बराबर हुन जान्छ ।

Advertisement
Advertisement

सरकारले राहदानी छपाइका लागि ठेक्का दिन तीन पटकको सूचनापछि फ्रान्सेली कम्पनीले ठेक्का पाउने निश्चितप्रायः भएको हो । यसअघि पहिलो पटक नेपालमै सेक्युरिटी प्रेस स्थापना गरेर पासपोर्ट छपाइ गर्ने भन्दै ठेक्का रद्द गरिएको थियो । दोस्रो पटक आह्वान गरिएको ठेक्कामा सहभागी कम्पनीले हालेका कागजपत्र अपुरो रहेको भन्दै रद्द गरिएको थियो ।

विभागले राहदानी छपाइका लागि तेस्रो पटक असोज ८ गते २१ दिने म्याद दिँदै बोलपत्र आह्वान गरेको थियो । तेस्रो पटकको ठेक्कामा फ्रान्सेली कम्पनीसहित अमेरिकी कम्पनी एचआईडी ग्लोबल र जर्मनी कम्पनी लिबवा आईडी सर्भिस सहभागी थिए । दोस्रो पटकको ठेक्कामा सहभागी चिनियाँ कम्पनी आइसिनो कर्पोरेसनले भने तेस्रो पटकको ठेक्कामा सहभागिता जनाएन ।

तेस्रो पटक गरिएको ठेक्कामा एचआईडी ग्लोबलले २४ मिलियन अमेरिकी डलर र जर्मनी कम्पनी लिबवा आईडी सर्भिसले २९ मिलियन अमेरिकी डलर मूल्य प्रस्ताव गरेको विभाग स्रोतले बतायो । ‘मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को संख्या पनि घट्दै गएकाले तेस्रो पटकको ठेक्का प्रक्रियालाई तीव्रता दिइएको हो,’ विभागका एक अधिकारीले भने, ‘कम मूल्य र प्राविधिक मूल्यांकनका आधारमा फ्रान्सेली कम्पनीलाई ठेक्का दिन आशयपत्र जारी गरिएको हो ।’

विभागले दोस्रो पटक गत वर्ष फागुन १९ गते टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर प्राविधिक मूल्यांकन समितिको सिफारिसका आधारमा असोज ५ मा रद्द गरिएको थियो । दोस्रो पटकको प्रस्तावमा फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटीले २६.५९ मिलियन अमेरिकी डलर, अमेरिकी कम्पनी एचआईडी ग्लोबलले २९.२७ मिलियन अमेरिकी डलर, जर्मनीको लिबवा आईडी सर्भिसले ३९.३२ मिलियन अमेरिकी डलर र चिनियाँ कम्पनी आइसिनो कर्पोरेसनले ३२.६५ मिलियनमा पासपोर्ट छाप्ने प्रस्ताव गरेका थिए ।

Advertisement
Advertisement

ई–पासपोर्ट छपाइका लागि सबैभन्दा कम मूल्य प्रस्ताव गरेको फ्रान्सेली आइडेमिया केही वर्षअघि दुई वटा कम्पनी गाभिएर बनेको हो । यसअघि एमआरपी छाप्ने ठेक्का पाएको फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजी र सफ्रान आइडेन्टिटी एन्ड सेक्युरिटी (मोर्फो) कम्पनी मिलेर ओटी–मोर्फो नामक कम्पनी स्थापना गरिएको थियो । पछि यसको पुनः नामकरण गर्दै आइडेमिया राखियो ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top