किसानका खसीबोका उपत्यकामा, गत वर्षकाे जस्ताे व्यापार भएन

६ कात्तिक ७७, शुक्रबार

७ कात्तिक,काठमाडाैँ ।

काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका विक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर विक्री गर्ने गरेका छन् ।

आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका विक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण प्रयाप्तसंख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए ।

Advertisement

यसरी काठमाडौं आइपुग्ने खसीबोकाको विक्री वितरण अनौपचारीक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर विक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ । तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि देखिएन । धेरैवर्ष देखि काठमाडौंमा यसैगरी दशैंको समयमा खसीबोका विक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र प्रयाप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।

Advertisement

काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका विक्री गर्दा पशुचौपायाँको विक्री गर्दै आएका विभिन्न व्यवसायीक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् । तर काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् । किसानहरुले काठमाडौंमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमिको दिन सम्म विक्री गर्ने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top