कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

७ कात्तिक ७७, शनिबार

७ कात्तिक, तनहुँ ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो ।

बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए। कारागारका कैदीबन्दीले आ–आफैँ टीका लगाएर दशैँ मनाउने तयारी गरेका छन् । “कोरोनाका कारण यस वर्ष आफन्तलाई पनि कारागारभित्र प्रवेश दिन सक्ने अवस्था रहेन, कैदीबन्दीले आ–आफै टीका लगाई, शुभकामना आदानप्रदान गरी दशैँ मनाउने तयारी गरेका छन्”, उनले भने ।

Advertisement

कैदीबन्दीले दशैँ मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ । “सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्”, प्रमुख अधिकारीले भने ।

केही कैदीबन्दीले दशैँको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन् । “मुढा बिक्री गरेर प्रत्येक वर्ष कैदीबन्दीले दशैँको बेला परिवारमा पठाउने गर्छन्, अहिले पनि केहीले रकम पठाएका छन्”, उनले भने ।

बिहीबारसम्म कारागारमा १५२ कैदीबन्दी र ६४ थुनुवा छन् । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द छ । जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवनको क्षमता ८० जनाको हो । तर उक्त भवनमा पनि क्षमताभन्दा बढी कैदी राखेर बाँकी कैदीबन्दीलाई पुरानो भवनमा व्यवस्थापन गरिएको छ ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top