बंगलादेशसंगको मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनले पाए मुख्य प्रशिक्षकको जिम्मेवारी

११ कात्तिक ७७, मंगलबार
Share this
788shares

११ कार्तिक, काठमाडौं ।
नेपाल र बंगलादेशबीच हुने भनिएको दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन्।

Advertisement

नेपाली टिमका स्वीडिस प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेको र महामारीका कारण आउन नमिलेकाले एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी महर्जनलाई दिएको हो।

नेपाली टिमका लागि किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलकिपिङ प्रशिक्षक रहने छन्। एन्फाका अनुसार खेलाडीहरु बुधवारसम्म ट्रेनिङका लागि आइपुग्ने छन् र बिहीवारबाट ट्रेनिङ सुरु हुनेछ।

Advertisement

यसअघि असोज ३० मा एन्फाले राखेपबाट अभ्यास सुरु गराउन अनुमति मिलेको जानकारी गराएको थियो। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएदेखि हालसम्म फुटबलका सबै क्रियाकलाप ठप्प रहेको थियो।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गत अगस्ट १७ बाट हुने तय भएको थियो। तर, फिफा वर्ल्ड कप २०२२ र एसियन कप २०२३ को छनौट चरणका खेलहरु स्थगित भएसँगै नेपाली टोलीको बन्द प्रशिक्षणलगायतका सबै क्रियाकलाप पनि स्थगित भएको थियो।

Advertisement

पछिल्लो समय एन्फाले तीनवटा देशहरुले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको जनाएको थियो। जसमा डोमिनिक रिपब्लिक, बंगलादेश र मंगोलियाले प्रस्ताव गरेका बताइएको थियो।

जसमध्ये डोमिनिकन रिपब्लिक र मंगोलियाले नेपालमै खेल्नेगरी प्रस्ताव गरेका थिए भने बंगलादेशले नेपाललाई बंगलादेशमै मैत्रीपूर्ण खेल खेल्नेगरी बोलाएको थियो। यसैका लागि नेपालले बंगलादेशसँग खेल्नका लागि प्रकृया अघि बढाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top