×

NEPAL TIMES UPDATES

Playing
नेतन्याहुको जुवाले अमेरिकाको १०० अर्ब डलर खर्च, ’इजरेल पहिलो’ नीतिको अर्थ ’अमेरिका अन्तिम’
May 02, 2026
Playing
World News: आर्थिक सं कटको सामना गर्न इरानीलाई खामेनीको अपिल, Iran–Iraq–लेबनान जान Uaeको रोक
May 02, 2026
Playing
इरा*न यु*द्धका कारण कयौं देशमा खानेकुरा हारालुछ हुन सक्छ|| Nepal Times
May 02, 2026
Playing
सल्यानमा द्वन्द्वकालीन ८६ वटा ब*म फेला || Nepal Times
May 02, 2026
Playing
जर्मनीबाट ५ हजार से*ना फर्काउँदै अमेरिका, इरान यु*द्धले बढायो वि*वाद|| Nepal Times
May 02, 2026
Playing
Top 15 Afternoon News || May-02-2026 || Nepal Times
May 02, 2026
Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026

युरोपमा गत साताको तुलनामा दैनिक मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो

१२ कार्तिक २०७७

१२ कार्तिक, एजेन्सी ।
युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्। अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्, उनले सचेत गराइन्।

Advertisement
Advertisement

रुसमा एकै दिनमा ३२० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक सङ्ख्या बनेको छ। अहिलेसम्म त्यहाँ कोभिडका कारण २६,५८९ जनाको मृत्यु भइसकेको छ। इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ।

त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्। अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का धेरै सङ्क्रमित रुसमा रहेका छन्।

मङ्गलवारमात्रै त्यहाँ १६,५५० नयाँ सङ्क्रमित देखिएपछि अधिकारीहरूले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य बनाएको छ। इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२,००० नयाँ सङ्क्रमित देखिएको छ।

अधिकारीहरूले परीक्षणलाई बढाइएको बताएका छन्। सोमवार नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभरका सहर र नगरहरूमा प्रदर्शनहरू भएका थिए। बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ।

बीबीसीको वर्ल्ड एट वान कार्यक्रममा मङ्गलवार बोल्दै प्रवक्ता ह्यारिसले भनिन्ः युरोपेली क्षेत्रभर हामीले नयाँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको देखिरहेका छौँ।

उनले विगतको साताको तुलनामा दैनिक सङ्क्रमितको सङख्या एक तिहाइले र मृत्यु हुनेको सङख्या झण्डै ४० प्रतिशतले बढेको बताएकी छन्। अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भए पनि, थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन्, उनले भनिन्।

थुप्रै युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्धहरू कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण दुई सातामा मात्रै गर्न सकिने उनले बताइन्। हामीले सङ्क्रमितको सङख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन, सङ्गठनकी प्रवक्ताले भनिन्।

दोस्रो लहर पहिलोभन्दा बढी खराब हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्ः हामीले फरक खालको वृद्धि देख्नेका छौँ।
राम्रो खबर भनेको रोगको अवस्थाबारे हाम्रा अस्पतालहरू पहिलेभन्दा जानकार छन् र अर्को राम्रो कुरा भनेको धेरै बिरामी नहुने उमेर समूहमा सङ्क्रमण धेरै देखिएको छ।

यी दुई कारणले एप्रिलमा देखिएजस्तो मृत्यु हुनेको सङ्ख्यामा धेरै खराब अवस्था नदेखिनसक्छ, डाक्टर ह्यारिसले भनिन्।यसबीच युकेको इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जुन महिनादेखि सेप्टेम्बर महिनाको बीचमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको बताए।

Advertisement

कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको उनीहरूले बताएका हुन्।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top