दसैंको टीका नसकिँदै भारत जानेको लर्को

१३ कात्तिक ७७, शुक्रबार

धनगढी: दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।

कोरोना महामारीको डरले जन्मथलो फर्केका किसन फेरि कर्मथलोमा फर्कनु बाध्यता भएको बताउँछन् । ‘आफ्नो बारीको उत्पादनले खान पुग्दैन, नेपालमा रोजगारी छैन,’ उनले भने, ‘कामका लागि भारत पस्नु बाध्यता हो ।’

१५ वर्षदेखि बरौलीमा सुरक्षागार्डको काम गर्दै आएका किसनको परिवार पनि सँगै बस्दै आएको छ । अरू वर्ष दसैं मनाउन असोजमा घर आउने गरेका किसन तिहारपछि फर्कन्थे । यो वर्ष भने कोरोना संक्रमणबाट बच्न गत असारमै घर आएका थिए । ‘कोरोनाको डर अब यहाँ पनि उत्तिकै छ,’ उनले भने, ‘आफ्नो सुरक्षामा ध्यान पुर्‍याएर कर्मथलोमै जानु उचित ठानेर फर्कन लागेका हौं ।’ भारतमा कमाएको पैसाले घरमा बस्नेहरूको गुजारा चल्ने गरेको उनले बताए ।

Advertisement

आमा, बुबा, दाजु, भाइ, बहिनीलगायत ११ जनाको परिवारको मियो हुन् उनी । ‘उनीहरू मेरै कमाइको भरोसामा छन्,’ उनले भने, ‘आफूले भारतमा कमाएको पैसाले जहानपरिवारको घर खर्च चल्छ ।’ उनीसँगै गाउँका १७ जना बरौली, मुम्बईलगायत भारतीय सहरमा जाँदै छन् । उनीहरू बुधबार घरबाट निस्केका हुन् ।

सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच बिदेसिइरहेका युवाले भने कुनै जानकारीसमेत नपाएको गुनासो गरेका छन् ।

गाउँमा रोजगारी नभएको र भारतका सबैजसो ठाउँमा काम पाइने, रासन सस्तो हुने र ज्याला पनि राम्रो भएकाले आफूहरू वर्षौंदेखि उतै गइरहेको उनीहरू बताउँछन् । ‘गएको वैशाखमा मुम्बईबाट घरमै केही गर्नुपर्छ भनेर फर्केको थिएँ,’ कैलाली टीकापुरका दानबहादुर विकले भने, ‘घरमा पाँच कट्ठा जग्गाको खेतीले खान पुग्दैन । सरकारबाट केही सहयोग पाए तरकारी खेती गरेरै पनि खान पुग्थ्यो होला । यता त्यस्तो केही भएन ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top