दुई सय लिटर घरेलु मदिरा बरामद

दुई सय लिटर घरेलु मदिरा बरामद

विराटनगर, जेष्ठ २ ः“घरेलु मदिरा नियन्त्रण अभियान” अन्र्तगत प्रहरीले विराटनगर–१५ बाट दुई सय लिटर घरेलु तथा अन्य विभिन्न खालका मदिरा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट अभियान अन्तरगत खटिएका प्रहरीले सोमबार अपरान्ह ४ देखी ५ बजेसम्म विराटनगर–१५ रानीस्थित होटल, भट्टी पसलहरु चेकजाँचका क्रममा दुई सय लिटर अवैध घरेलु रक्सी बरामद गरेको हो।

अवैध घरेलु रक्सी उत्पादन तथा बिक्रि वितरण गरेको फेला पारेपछि व्यवसायीहरुलाई सचेत समेत गराएको प्रहरीले जनाएको छ ।

चेकजाँचकै क्रममा टोलीले नेपालबाट भारततर्फ लुकाई छिपाई लैजादै गरेको अवस्थामा उमङ नाम गरेको मदिरा ६९ बोतल र गोल्डेन वाक तथा दिलवाले नाम गरेको मदिरा ४९ बोतल बरामद गरेको जनाएको छ ।

बरामद मदिरा आवश्यक कारवाहीका लागी मंगलबार प्रहरीले आन्तरिक राजश्व कार्यालय विराटनगरमा वुझाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.