१६ कात्तिक, एजेन्सी ।
चर्चित हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको हाे । उनी केही समयदेखि बिरामी रहेकाे उनका छोरा जेसन कोनरीले बताएका छन् ।
सन् १९९८ मा ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्ड जित्न सफल अभिनेता काेरनीले सातवटा फिल्ममा जेम्स बण्डको भूमिका निर्वाह गरेका छन् । उनले पहिलोपटक जेम्स बण्डको भूमिका निर्वाह गरेको फिल्म ‘डक्टर नो’ हाे, जुन सन् १९६२ मा रिलिज भयाे ।
उनी स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र हुनुपर्छ भन्ने पक्षका थिए। उनले स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र भए बहमासको घर छाडेर स्कटल्याण्ड फर्कन्छु भन्थे। स्कटल्याण्डकी फस्ट मिनिस्टर निकोला स्टर्जनले उनको निधनमा शोक व्यक्त गर्दै ‘आफ्नो देशको सबैभन्दा प्यारो छोरा’ भनेकी छन्। उनको जन्म सन् १९३० को अगष्ट २५ मा मजदूर परिवारमा भएको थियो।