×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

नेपाली कांग्रेस नेता विश्वकर्माको यहाँ उपचार सम्भव नभए विदेश लैजान माग

१६ कार्तिक २०७७

१६ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा केहि सुधार देखिएको छ ।

कोरोना र निमोनियाको समस्या देखिएपछि विश्वकर्मालाई कात्तिक १२ गतेदेखि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

Advertisement
Advertisement

आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार अपरान्ह उनलाई भेन्टिलेटरमा सारिएको हो।

विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ।

आइतबार कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरेका हुन्।

‘यहाँ उपचार सम्भव नहुनेजस्तो देखियो भने तत्काल एयर एम्बुलेन्सबाट विदेशमा लगेर भने पनि उहाँको उपचार गर्नुपर्छ,’ नेता श्रेष्ठले भने, ‘मसँगको कुराकानीमा डाक्टरहरूले मिल्छ भने दिल्ली लग्दा हुने भनेका छन्।’

आफूले यसबारे मन्त्री ढकाललाई पनि जानकारी गराएको श्रेष्ठले बताए।

यस्तै श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि विश्वकर्माको उपचारमा सहयोग तथा पहल गर्न आग्रह गरेका छन्।

‘सभापति देउवालाई पनि उहाँको उपचारमा सहयोगका लागि प्रधानमन्त्रीसँग कुरा गर्न भनेको छु,’ श्रेष्ठले भने।

उनले नेपालमा उपचार सम्भव नहुने देखियो भने विदेशमा लगेर भए पनि नेता विश्वकर्माको उपचार गर्नुपर्ने बताए।

‘कथकदाचित यहाँ उपचार सम्भव छैन भने एयर एम्बुलेन्सबाट दिल्ली लगेर त्यहाँ उपचार सम्भव छ भने गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ श्रेष्ठले भने।

तर ग्राण्डीका निर्देशक डाक्टर पाण्डेले विश्वकर्माको अवस्था सुधारोन्मुख रहेको बताए।

आफूहरूले विश्वकर्माको स्वास्थ्यमा सुधार ल्याउन मेहनत गरिरहेकोले यहिँ उपचार सफल हुने विश्वास गर्न उनले आग्रह गरे।

यसअघि विश्वकर्माको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री ढकाललाई टेलिफोन गरी उपचारमा गम्भीर बन्न र आवश्यक सहयोग गर्न आग्रह गरेका थिए।

विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना पुष्टि भएको थियो।

Advertisement

केहि दिन होम आइसोलेसन र तीन दिन वीर अस्पतालमा उपचार गरेपछि पछिल्लो चार दिनदेखि विश्वकर्माको उपचार ग्राण्डीमा भइरहेको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top