धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

१ जेठ ७५, बुधबार

काठमाडौँ, २ जेठ ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन्।

विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज काठमाडैंामा आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त गरे।

ऐतिहासिक सम्पदास्थल काष्ठमण्डपको पुनःनिर्माण शुरु भइसकेको जानकारी दिँदै उनले रानीपोखरीको पनि विवाद छिट्टै अन्त्य गरी निर्माण कार्य अगाडि बढ्ने बताए ।

Advertisement

इतिहासविद् तुलसीराम वैद्य, प्राडा त्रिरत्न मानन्धर, शंकर थापा र सुरेन्द्र केसीले भूकम्पबाट ध्वस्त भएका सम्पदा अहिलेसम्म बन्न नसकेकामा चिन्ता व्यक्त गर्दै मुलुकबाट विभिन्न समयमा चोरी भई हराएका महत्वपूर्ण सम्पदा फिर्ता गर्न माग गरे।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले कानूनी जटिलताका कारण विभिन्न समयमा आउने समस्याले सम्पदा पुनःनिर्माणका कार्य अपेक्षाकृत रुपमा अगाडि बढाउन नसकिएको स्वीकारे ।

Advertisement

नेपाल एयर एभिएसन म्युजियमका क्याप्टेन वेद उप्रती, अभियन्ता रवीन्द्र पुरी, नेपाल राष्ट्रिय जातीय सग्रहालयका महासचिव धनबहादुर कुँवर, सह–प्राध्यापक खड्ग केसी, पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पालगायतले मुलुकको इतिहास, पर्यटन, संस्कृति र सम्पदाको महत्वका बारे विचार व्यक्त गर्दै यस क्षेत्रको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

एशोसिएसनका अध्यक्ष प्रेमसिंह बस्न्यातले विभिन्न जाति समुदायको बसोवास रहेको मुलुकमा सबैका संस्कृतिलाई सरकारले संरक्षण गरी राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन सकिने बताउँदै सरकारले स्थानीय समुदायसँग समन्वय गरी सम्पदा तथा संस्कृतिको जर्गेना गर्नुपर्ने बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top