कोरोना महामारीले धकेलियो पेट्रोलियम अन्वेषणको काम

१९ कात्तिक ७७, बुधबार
Share this
744shares

दैलेख : दैलेखको श्रीस्थान नाभिसथान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरूको सिस्मिक सर्भे सम्पन्न भएपश्चात् मुख्य ड्रिलिङका लागि असोज महिना लाग्दै सुरु गर्ने भनेको काम कोरोना महामारीका कारणले पछाडि धकेलिएको छ ।

Advertisement

अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि त्यसका वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम असोज महिनामा सुरु गर्ने खानी तथा भूगर्भ विभागको तयारी गरेपनी कोरोना महामारीका कारण काम स्थगित भएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद डा गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाईनमा भएपश्चात मुख्य ड्रिलिङका लागि असोजमा गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको बताउनुभयो । उहाँले पहिलो चरणको काम हामीले आधा कोरोना महामारीका बिचमै ग-यौ यो बिचमा कोरोना महामारीको त्रिब संङक्रमणका कारण काम गर्ने सक्ने अवस्था नभएका कारण काम रोकिएको बताउनुभयो ।

Advertisement

उहाँले चाइनाको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरी त्यसपश्चात् अन्वेषणात्मक ड्रिलिङ बाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार ,प्रकार आयतन,व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्लाको मुख्यतया दुल्लू नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top