मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा,कोलकाता बाहिरियो

१९ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरियो ।

मंगलबार राती शारजाहमा भएको खेलमा जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७।१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । हैदराबादको सानदार जितमा कप्तान डेभिड वार्नर ५८ बलमा १० चौका र १ छक्का सहित ८५ रनमा अविजित रहे । अर्का ओपनर ऋद्धिमान शाह ४५ बलमा ७ चौका र १ छक्का सहित ५८ रनमा अविजित रहे ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्ड २५ बलमा २ चौका र ४ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए ।

तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर सन्दीप शर्माले कप्तान रोहित शर्मालाई कप्तान डेभिड वार्नरबाट ४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । पाँचौ ओभरको चौथो बलमा सन्दीपलेनै अर्का ओपनर क्विन्टन डी ककलाई २५ रनमा बोल्ड आउट गरे । डी ककले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।


तेस्रो विकेटका लागि इशान किशन र सूर्यकुमार यादवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर १२ औं ओभरको पहिलो बलमा शहबाज नदीमले विकेटकिपर ऋद्धिमान शाहबाट यादवलाई ३६ रनमा क्याच गराउँदै खेलमा फर्काएका थिए । यादवले २९ बलमा ५ चौका प्रहार गरे । नदीमले दुई बलपछि क्रुनाल पान्ड्यालाई केन विलियम्सनबाट शून्यमा क्याच आउट गराएपछि मुम्बई ८१–४ को कमजोर अवस्थामा पुगेको थियो ।


राशिद खानले १३ औं ओभरको पहिलो बलमा सौरभ तिवारीलाई शाहबाट एक रनमा क्याच आउट गराएका थिए । सन्दीपले १७ औं ओभरको तेस्रो बलमा किशनलाई ३३ रनमा बोल्ड आउट गरे । किशनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । नाथन कुल्टर नाइल एक रनमा आउट भए । अन्तिम ओभरको तेस्रो बलमा जेसन होल्डरले पोलार्डलाई फुलटस बलमा बोल्ड आउट गरेका थिए । जेम्स प्याटिनसन ४ रनमा अविजित रहे ।

हैदराबादका सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शहबाज नदीमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

समान १४ अंक भएपनि नेटरनरेटको आधारमा हैदराबादले कोलकातालाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाएको । समान १४ अंक भएपनि नेटरनरेटको आधारमा हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहँदै प्ले अफमा पुग्दा कोलकाता पाँचौं स्थानमा रहेर बाहिरियो ।


पहिलो क्वालिफायरमा शीर्षस्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको दिल्ली क्यापिटलसबीच प्रतिस्पर्धा हुने छ । एलिमिनेटरमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top