२४ घण्टामा ३० संक्रमितको मृत्यु, आजै थपिए ३,३०९ संक्रमित

१९ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जना गरी हालसम्म १ हजार ३४ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

त्यस्तै २४ घन्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

आज बुधबार कोरोनामुक्त भएर ३ हजार ८ सय ४४ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

Advertisement

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको छ भने १३ सय ५ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top