×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

‘ब्याटलग्राउन्ड’ राज्य मिसिगनमा बाइडेनको जित, ५ राज्यमा तीव्र प्रतिस्पर्धा

२० कार्तिक २०७७

२० कार्तिक, एजेन्सी ।
निकै प्रतिस्पर्धात्मक बनेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सर्वेक्षणहरूको अनुमानविपरीत डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले छिनोफानो हुने स्पष्ट भएको छ ।

नतिजाका लागि भने अझै केही दिन पर्खनुपर्ने देखिएको छ । विगतभन्दा पृथक् मानिएको ‘अर्ली भोटिङ’ का कारण नतिजाको पर्खाइ लम्बिने भएको हो । मतपेटिका आउने क्रमसँगै मतगणना जारी छ ।

Advertisement
Advertisement

जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिनेमा एक दर्जन ‘ब्याटलग्राउन्ड’ राज्यमध्ये ५ निकै प्रतिस्पर्धा चलिरहेको छ । पेन्सलभेनिया, विस्किन्सन, जर्जिया, नेभाडा, एरिजोना र नर्थ क्लारोलिनामा दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ ।

यी राज्यमा ६८ इलेक्टोरल कलेज भोट छ । एरिजोना, नेभाडा, विस्किन्सनमा बाइडेनको झिनो अग्रता छ । पेन्सिलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा ट्रम्प थोरै मतले अगाडि छन् ।

जर्जियामा पनि बाइडेनले ट्रम्पसँगको अग्रता घटाउँदै लगेका छन् । जर्जियामा ट्रम्प करिब ४७ हजार मतले अगाडि रहेका छन् । फुल्टन काउन्टीको करिब ३६ हजार मतको नतिजा आजै आउने बताइएको छ ।

जसमा ७२ प्रतिशतसम्म मत बाइडेनको पक्षमा गएको अनुमान गरिएको छ । ‘ब्याटलग्राउन्ड’राज्य मानिएको मिसिगनमा जित हात पारेपछि डेमोक्रयाटहरु आफूहरुले जित्जेमा ढुक्क छन् । मिसिगनमा १६ इलेक्टोरल भोट रहेको छ ।

नेपाली समयअनुसार बिहीबार बिहानसम्म बाइडेन २ सय ६४ को स्थितिमा छन् भने ट्रम्पले २ सय १४ ले पछ्याइरहेका छन् । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित हुनका लागि बाइडेनलाई केवल ६ इलेक्टोरल भोटको आवश्यकता देखिएको समाचार संस्था एपीले जनाएको छ ।

त्यसका लागि उनले अब एउटा राज्यमा जित हात पारे हुन्छ । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार प्रत्यक्ष चुनाव भएको थियो । करिब १० करोड मतदाताले त्यसअघि नै मत खसालेका थिए ।

त्योमध्ये करिब साढे ६ करोड मत हुलाकमार्फत खसाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड–१९ महामारीका कारण पनि विगतको तुलनामा यस पटक निकै धेरै मतदाताले हुलाकमार्फत मत खसालेका हुन् ।

मतदाताको हस्ताक्षर र ठेगाना रुजु गर्नुपर्ने भएकाले पनि हुलाकमार्फत पठाइएका मतपत्र गन्न समय लाग्ने गर्छ । फ्लोरिडालगायत केही राज्यले केही साताअघि नै त्यस्तो मतदान सुरु गरेका थिए ।

फ्लोरिडामा ट्रम्पको पक्षमा परिणाम आइसकेको छ । सात ‘ब्याटलग्राउन्ड’ राज्यमा उल्लेख्य ‘अर्ली भोटिङ’ को मतगणना गर्न बाँकी रहेकाले परिणामबारे अनुमान लगाउन सकिने स्थिति छैन ।

Advertisement

पेन्सिलभेनिया, विस्किन्सन र जर्जियाका सहरी क्षेत्रको मतगणना बाँकी रहेकाले बाइडेन पक्ष निकै आशावादी देखिएको छ । मत सर्वेक्षणहरूले अर्ली भोटिङले डेमोक्रयाट्सलाई फाइदा गर्ने देखाएका थिए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top