विराटनगर, जेष्ठ ३ ः सुनसरी र मोरङमा बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका २ कालीझोडामा करेन्ट लागेर बुधबार एक जनाको ज्यान गएको छ ।
करेन्ट लाग्दा रामधुनी नगरपालिका २ कालीझोडा बस्ने बर्ष ३२ को जयराम चौधरीको मृत्यु भएको हाे।
बुधबार साँझ मोटर चलाएर कुखुराको खोर सफा गर्न खोज्दा चौधरीलाई करेन्ट लाग्दा बेहोस भएर लडेका उनलाई घरका अन्य सदस्यले उपचारका लागी जिल्ला अस्पताल र्पुयाएका थिए।
उनको सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
यता मोरङको रंगेली नगरपालिका १ बबियाविर्ता बस्ने ४० वर्षीय नहेनश्वरी राजबंशीलाई सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको छ ।
बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो।
करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीञ कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।