×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

३ जेष्ठ २०७५

विराटनगर, जेष्ठ ३ ः सुनसरी र मोरङमा बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका २ कालीझोडामा करेन्ट लागेर बुधबार एक जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement

करेन्ट लाग्दा रामधुनी नगरपालिका २ कालीझोडा बस्ने बर्ष ३२ को जयराम चौधरीको मृत्यु भएको हाे।

बुधबार साँझ मोटर चलाएर कुखुराको खोर सफा गर्न खोज्दा चौधरीलाई करेन्ट लाग्दा बेहोस भएर लडेका उनलाई घरका अन्य सदस्यले उपचारका लागी जिल्ला अस्पताल र्पुयाएका थिए।

उनको सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यता मोरङको रंगेली नगरपालिका १ बबियाविर्ता बस्ने ४० वर्षीय नहेनश्वरी राजबंशीलाई सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको छ ।

बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो।

Advertisement
Advertisement

करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीञ कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top