प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डका प्रधानमन्त्री आर्डेनलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डका प्रधानमन्त्री आर्डेनलाई बधाई

२० कात्तिक, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन् । मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उहाँसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.