×

NEPAL TIMES UPDATES

Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026

तिहारलगत्तै त्रिविका परीक्षा, विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

२२ कार्तिक २०७७

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

Advertisement
Advertisement

अन्तिम तहको परीक्षा प्राथमिकतामा
विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविद्यालयले अन्तिम तहका विद्यार्थीलाई प्राथमिकतामा राखिएको हो ।

सेमेस्टरको मङ्सिर १५ पछि
विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ । डिन कार्यालयले मङ्सिरमा परीक्षा लिने भने पनि कार्यतालिका भने सार्वजनिक गरेका छैनन् । अब डिन कार्यालयले सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको स्वतन्त्र तरिकाले परीक्षा सञ्चालन गर्न सक्नेछन् ।

वार्षिकको परीक्षा अन्तिम साता
यसैबीच विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न आवश्यक तयारी र गृहकार्य गरिरहेको जानकारी रजिस्ट्रार दाहालले दिनुभयो । मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा वार्षिक परीक्षा प्रणालीमा हजारौँ विद्यार्थी अध्ययन गर्ने भएकाले ती विद्यार्थीको परीक्षा केही सातापछि हुनेगरी लिन लागिएको हो । यस विषयमा विश्वविद्यालयले छिट्टै विद्यार्थीलाई सूचित गर्ने भएको छ ।

Advertisement

भौतिक उपस्थितिमै परीक्षा
विश्वविद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीको परीक्षा लिने कुरा आफ्नो पहिलो प्राथमिकतामा भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिए पनि उच्च शिक्षामा धेरै विद्यार्थीको चाप रहेको त्रिविले भने भौतिक उपस्थितिमै परीक्षा लिने योजना बनाएको हो । रजिस्ट्रार दाहालले विद्यार्थीलाई भौतिक रूपमा नै परीक्षा लिने आफूहरूको तयारी रहेको बताउनुभयो तर कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा भने विकल्पका बारेमा सोच्न सकिने जनाइएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top