×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ मा संक्रमित भन्दा डिस्चार्ज बढी : ५२७ थपिँदा ४९८ डिस्चार्ज

२२ कार्तिक २०७७

२२ कात्तिक, विराटनगर ।

प्रदेश १ मा आज शनिबार संक्रमित भन्दा डिस्चार्ज हुने बढी रहेका छन् । ४९८ जना कोरोना संक्रमित थपिदा ५२७ जना डिस्चार्ज भएका भएका छन् । मोरङमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा शनिबार ५२७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ । प्रदेश १ मा शनिबार २ हजार ६७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top