गजल : मेरो देशका लागि

२२ कात्तिक ७७, शनिबार

विवशता र जालझेलसँग खुब लड्दैछु म ।।
देशलाई शान्ति हित बनाउन शास्त्र पढ्दैछु म ।।

Advertisement

शान्ति स्वतन्त्रता न्याय भनी सडक बीचमा।
गुन्जिरहेको माइक्रोफोन पक्डी बज्दैछु म ।।

जाति भाषा शिक्षा न्याय मुठीमा बोकेर ।
गल्ती सच्याउन सरकारसँग लड्दैछु म ।।

Advertisement

निर्णयलाई छिट्टै हातमा लिनु हुन्न भनी ।
गहन भई अघि बढ्न एकछिन अड्दैछु म ।।

बेचिएको किल्ला अनि कागडाको सीमा हाम्रो।
फिर्ता ल्याउन दुःख कस्ट गर्दैछु म ।।

Advertisement

दुर्गेस बन्जारा 
   बराहपोखरी गाउँपालिका- ३ ठूलीलबेसी, खोटाङ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top