२४ कात्तिक, काठमाडौँ ।
नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार एक सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर आज थप दुई हजार पाँच ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
त्यस्तै देशभर आज एक हजार सात सय ९८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ५९ हजार सात सय २४ जना रहेको मन्त्रालयले जनाएको छ ।