फाइजर र बायोएनटेकको कोभिड विरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी

२५ कात्तिक ७७, मंगलबार
Share this
791shares

२५ कात्तिक, काठमाडौं।

Advertisement

कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् ।  फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।

६ राष्ट्रका ४३ हजार पाँच सय ब्यक्तिमा गरिएको परीक्षणको क्रममा सुरक्षाको कुनै सबाल नउठाइएको खोप अन्वेषणकर्ताले दाबी गरेका छन् । कम्पनीले यसै महिनाको अन्त्यसम्म आकस्मिक अनुमतिको तयारी गरेको छ । राम्रो उपचार पद्धतीसँगै खोपको प्रयोगले विश्व समुदायमा लागेको प्रतिबन्धबाट उन्मुक्ति पाउने विश्वास गरिएको छ ।

Advertisement

बिगत्मा गरिएको ट्रायलले खोप लगाएपछि शरीरमा एन्टीबडी बनाउनुका साथै प्रतिरक्षा प्रणाली ‘टी सेल्स’ निर्माणमा सहयोगि सिद्ध भएको छ । तीन साताको अन्तरालमा दुई डोज आवश्यक पर्नेछ । अमेरिका, जर्मनी, ब्राजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको ट्रायलले दोस्रो डोज लगाएको सातदिनभित्र ९० प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ ।

बीबीसीका अनुसार पीफिजरले यसै वर्षको अन्त्यसम्म खोपको पाँच करोड डोज उपलब्ध गराउने विश्वास गरेको छ । सन् २०२१ को अन्त्यसम्म एक अर्ब २१ करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ । तर खोप आपूर्तिको क्रममा सबैतर्फ पहुँच बढाउन चुनौतीपूर्ण हुने कम्पनीले जनाएको छ । खोप आपूर्तिका लागि माइनस ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्नेछ ।

Advertisement

कम्पनीले भने अझै एक पटक खोप लगाएपछि कति दिनसम्म काम गर्ने र कुन उमेर समूहमा कत्तिको प्रभावकारी हुने सम्बन्धमा खुलाएको छैन।

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ति यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध रोेक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’

हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top