आज आईपीएलकाे फाइनल : दिल्ली र मुम्बई भिड्दै, कसले मार्ला बाजी ?

२५  कात्तिक, काठमाडाैं।

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट दुबईमा सुरू हुने छ ।

सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् ।

Advertisement

सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ ।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो ।

यसपट उपाधि जित्दै दिल्लीले अर्काे इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियाे।

पहिलो पटक आईपीएल उपाधि जित्ने हो भने दिल्लीले मुम्बईविरुद्ध तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि छ ।

लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगेपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । ब्याटिङमा सूर्य कुमार यादव, क्विन्टन डे कक र इशान किसन तथा बलिङमा जसप्रित बुमराह र ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काएनर पोलार्ड र हार्दिक पाण्ड्याको प्रदर्शन मुम्बईको लागि निर्णायक सावित हुन सक्छ ।

उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ । दोस्रो क्वालिफायरमा दिल्लीले शिखर धवनसँगै मार्कुस स्टोइनसलाई ओपनिङ गराएको थियो । स्टोइनिसले यस सिजन दिल्लीका लागि ब्याट र बल दुवैमा गज्जबको प्रदर्शन गरिरहेका छन् । बलिङमा कागिसो रबाडा र एनरिक नोर्कियाको जोडी जमेको छ । रविचन्द्र आश्विन र अक्षर पटेल जस्ता स्पीनर दिल्लीको साथमा छन् ।

धवन र स्टोइनिस बाहेक ऋषव पन्त, अजिन्का रहाने र हेयतमायरले उत्कृष्ट ब्याटिङ गरे दिल्लीका लागि उपाधि जिताउन निर्णायक हुन सक्छ । दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले  भने यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top