बंगलादेशबाट जीटुजीमार्फत मल खरिद गर्ने सरकारको निर्णय

२५ कात्तिक ७७, मंगलबार
Share this
719shares

२५ कात्तिक, काठमाडाैँ ।

Advertisement

बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याइने भएकाे छ । बंगलादेशसँग पैँचो मल नपाएपछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निणर्य गरेको हो ।

बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

Advertisement

यसअघि सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने जनाएको थियो । ‘जुन कम्पनीबाट जुन मल ल्याउने हो, त्यही नै फिर्ता गर्नुपर्छ भन्ने बंगलादेशको सर्तका कारण पैंचो ल्याउन सकिएन,’ उनले भने, ‘अब सस्तो हुने गरी दरभाउमा कुराकानी गरेर सार्वजनिक खरिद ऐनका प्रक्रिया पूरा गर्दै जीटुजीबाट मल ल्याउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।’

मल मुख्यतः टेन्डर प्रक्रियाबाट खरिद हुन्छ । यसो गर्दा ६ महिनाभन्दा बढी लाग्छ । छिटो आयात गर्न जीटुजीमार्फत कतिपय खरिद हुने गरेका छन् । तर जीटुजीको खरिद प्रक्रिया नेपालमा विवादरहित हुने गरेको छैन । मन्त्री भुसालले मल खरिदमा विवादमा पर्न नदिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top