लामो समयदेखि जारी सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजानबीच सहमति

२४ कात्तिक ७७, मंगलबार

२५ कात्तिक, एजेन्सी । लामो समयदेखि भइरहेको सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजानबीच सहमति भएको छ । अजरबैजान र अर्मेनीयाबीच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो ।

नगोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि यी दुई देशबीच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको नियन्त्रणमा छ ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू हट्न अर्मेनियाले सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकप्टर खसालेको पनि स्वीकार गरेको छ । यो आक्रमणमा चालक दलका दुई सदस्यको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थिति रहने बताएका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले शान्ति सम्झौतालाई द्वन्द्व समाधानको एउटा महत्त्वपूर्ण अवस्था भएको बताएका छन् । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले भने यो सम्झौता आफू र आफ्ना नागरिकका लागि पीडादायी भएको बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top