प्रदेश १ मा कोरोना संक्रमितका लागि ५ सय वेड थपिँदै

प्रदेश १ मा कोरोना संक्रमितका लागि ५ सय वेड थपिँदै

२५ कात्तिक, विराटनगर ।
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेको उनले बताए । प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम मंगलबार मन्त्री घिमिरेले सो कुरा बताएका हुन्।

प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै उनले प्रदेश भरि ५ सय वेड विस्तार गर्ने तयारी गरिएको बताए । कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उनले गुनासो गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.