ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन ः प्रवक्ता शर्मा

३ जेठ ७५, शुक्रबार

नेपालगन्ज, ४ जेठ ः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज बिहान नेपालगञ्जमा अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।”

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै उनले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई गर्दैन भने।

Advertisement

उनले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आफ्नो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको छ भने ।

प्रवक्ता शर्माले भने, “एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ ।”
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top